Kathmandu Press

तत्काललाई ढाकाकुमारको सांसद पद जोगियो 

सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै रिट निवेदक र विपक्षीलाई सुनुवाईमा डाकेको छ। यो आदेशको अन्तिम टुंगो भने दुईतर्फी सुनुवाइपछि मात्र लाग्नेछ। सर्वोच्चले उक्त प्रकरणमा विपक्षीसँग लिखित जवाफमा समेत मागेको छ।
तत्काललाई ढाकाकुमारको सांसद पद जोगियो 

काठमाडौं, वैशाख २५ : दुई करोड बार्गेनिङमा मुछिएका डा.ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सोमवार भएको प्रारम्भिक सुनुवाइपछि पद खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै रिट निवेदक र विपक्षीलाई सुनुवाईमा डाकेको छ। यो आदेशको अन्तिम टुंगो भने दुईतर्फी सुनुवाइपछि मात्र लाग्नेछ। सर्वोच्चले उक्त प्रकरणमा विपक्षीसँग लिखित जवाफमा समेत मागेको छ। 

मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो। डा.श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीपछि पदमुक्त भएका थिए। आफूलाई पदबाट हटाउने रास्वपाको निर्णयविरुद्ध आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चको अन्तरिम आदेशपछि सभामुख देवराज घिमिरेद्वारा सांसद पद खारेज गर्ने गरी भएको निर्णय तत्कालका लागि रोकिएको छ। रास्ट्रिय स्वतन्त्र पार्टी र संसद् सचिवालयका नाममा कारवाही रोक्न अन्तरिम आदेश भएको छ। 

आफू पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री हुन लागेको र रास्वपा सभापति रवि लामिछानेको ‘कोर टिम’ लाई पैसा बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी दूर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि कारवाहीमा परेका थिए। 

संसद् सचिवालयले हाल श्रेष्ठको पद रिक्त रहेको सूचना सार्वजनिक गरिसकेको छ। रास्वपाले श्रेष्ठको स्थानमा एसिड पीडित विन्दाबासीनी कंसाकारको नाम सिफारिस गरेको छ। रिटमा निर्वाचन आयोगलाई आफ्नो बिषयमा कुनै निर्णय नलि समेत श्रेष्ठले माग गरेका छन्। 

प्रकाशित मिति: १६:३४ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्