दार्चुलाको हिमपहिरोमा थप एकजनाकाे शव भेटियाे
डोटीको जोरायल गाउँपालिका-२ की २८ वर्षीया ईश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म छांगरूको टोलीले फेला पारेको हाे।
काठमाडौं, वैशाख २५ : दार्चुलाको हिमपहिरोमा हराइरहेकामध्ये थप एक जनाको शव भेटिएको छ। खोजीमा जुटेका सशस्त्र प्रहरीहरूले शव फेला पारेका हुन्।
डोटीको जोरायल गाउँपालिका-२ की २८ वर्षीया ईश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म छांगरूको टोलीले फेला पारेको हाे।
वैशाख १९ गते दार्चुलाको व्यास गाउँपालिकामा गएको हिमपहिरोमा पाँच हराइरहेकाको तीनजनाकाे शव यसअघि नै फेला परिसकेकाे छ भने थप एकजनाकाे खाेजी भइरहेकाे छ।
यसअघि तीनजनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो।
प्रकाशित मिति: १५:३५ बजे, सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार