अब बालेनलाई भेट्न एप्सबाट ‘अपोइन्मेन्ट’ (भिडियाे)
महानगरपालिकाको सेवाप्रवाहलाई होम डेलिभरी गर्ने नीतिअनुरुप लन्च गरिएको एकीकृत डिजिटल शुसासन प्रणाली केएमसि एपमा सो सेवा लिन सकिने व्यवस्था गरिएको हो।
काठमाडौं, वैशाख २५ : अब काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) सँग भेटघाट गर्न अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने भएको छ।
महानगरपालिकाको सेवाप्रवाहलाई होम डेलिभरी गर्ने नीतिअनुरुप लन्च गरिएको एकीकृत डिजिटल शुसासन प्रणाली केएमसि एपमा सो सेवा लिन सकिने व्यवस्था गरिएको हो।
एपमार्फत सेवाग्राहीहरूले जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने व्यवस्था गरिएको सामाजिक सञ्जालमा भिडियोसिहतको विज्ञिप्त पोस्ट गरेर मेयर बालेनले जानकारी दिएका छन्।
‘काठमाडौं महानगरपालिकाको सेवाप्रवाहलाई होम डेलिभरी गर्ने नीति अनुरुप सेवाप्रवाह सुधारका लागि एकीकृत डिजिटल शुसासन प्रणाली केएमसि एप लन्च गरेका छौं,’ उनले फेसबुकमा लेखेका छन्, ‘जसमार्फत महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउबाट महानगरको सेवा लिन सकिने ब्यवस्था गरेका छौं।’
एपमा भएका सुविधा यसप्रकार रहेको उनले जानकारी गराएका छन्ः
✓ ३० भन्दा बढी प्रकारका सिफारिसहरू,
✓ अनलाइन राजस्व,
✓ नगर प्रमुख संग भेटघाटका लागि अपोइन्टमेन्ट,
✓ च्याटबोट,
✓ महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू,
✓ बिभागगत कार्यबिबरण सहितको डिजिटल नागरिक वडापत्र,
✓ हेल्लो मेयर,
✓ जनगुनासो,
✓ स्मार्टकर,
✓ प्रकाशित राजपत्रहरू,
✓ पर्यटकीय स्थलहरू,
✓ आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप
✓ , सार्बजनिक शौचालयहरु समेटिएका छन् ।
यस एपमार्फत हाललाई
➢ नागरिकता सम्बन्धी सिफारिस ,
➢ घरवाटो सिफारिस, कित्ताकाट सिफारिस,
➢ जग्गा मुल्यांकन सिफारिस,
➢ घरधनी प्रमाणपुर्जाको प्रतिलिपि,
➢ घर कायम सिफारिस,
➢ सम्पत्ति कर चुक्ता सिफारिस,
➢ अस्थायी बसोबास सिफारिस,
➢ स्थायी बसोबास सिफारिस,
➢ बिद्युत जडान सिफारिस,
➢ धारा जडान सिफारिस,
➢ आन्तरिक बसाइसराइ सिफारिस,
➢ कोठा खालि गर्ने सिफारिस,
➢ जन्म मिति प्रमाणित,
➢ अविवाहित प्रमाणित,
➢ नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस,
➢ अदालत शुल्क मिनाहा सिफारिस,
➢ बैंक खाता बन्द गर्ने सिफारिस,
➢ ब्यवसाय बन्द सिफारिस,
➢ संस्था दर्ता सिफारिस, छात्रबृत्ति सिफारिस,
➢ अपांगता सिफारिस, बिद्यालय कक्षा बृद्दी सिफारिस,
➢ विपन्न नागरिक औषधी उपचार सिफारिस,
➢ व्यवसाय स्थानान्तरण सिफारिस, लगायका ३१ वटा सिफारिसहरू अनलाइन गरिएको छ भने अन्य केही कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिसहरूका लागि भने सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्नेछ।
‘यस एपमा अनलाइनबाटै सम्पत्तिकर, भूमि तथा मालपोत कर, व्यसाय करजस्ता विभिन्न कर तिर्न सकिने जसमा इसेवा, खल्ती आएमइ पे प्रभु पेजस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ,’ उनले फेसबुकमा लेखेका छन्।











