Kathmandu Press

शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नगर्न लामिछानेद्वारा सरकारको ध्यानाकर्षण

शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नगर्न लामिछानेद्वारा सरकारको ध्यानाकर्षण

काठमाडाैं, वैशाख २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा पूर्वबजेटमाथिको छलफलका क्रममा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको भन्दै मिलीजुली एकअर्कालाई जोगाउने काम नगर्न ध्यानाकर्षण गराएका हुन्।

उनले अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तातेपछि बिस्तारै सेलाउदै गएको आभाष भएको जिकिर गरे। त्यस्तै लामिछानेले सरकारले पेश गरेको पूर्वबजेट प्रस्ताव आशा लाग्दो नभएको र विश्वास गर्न सक्ने आधार नै नभएको बताए।

उनले असधारण अवस्था रहेको अर्थतन्त्रलाइ सहि बाटोमा ल्याउन आशाका पुलिन्दा नभई  समाधानमूखी नीति अंगिकार गर्न सरकारलाई सुझाव दिए।  

प्रकाशित मिति: १४:१८ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्