Kathmandu Press

अहिले संघीयता सबैलाई घाँडो भएको छ : चित्रबहादुर केसी

देशको खेतबारी बाँझो राखेर खाद्यान्न, तरकारी फलफूल विदेशबाट निर्यात गर्नुपर्ने अवस्था निम्तिनु विडम्बना भएको उनले बताए। 
अहिले संघीयता सबैलाई घाँडो भएको छ : चित्रबहादुर केसी

काठमाडौं, वैशाख २५ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहिले आफ्नो पार्टीले विरोध जनाउँदा खिसीट्युरी गरे पनि अहिले सबैका लागि संघीयता घाँडो बनेको बताएका छन्। 

सोमबारको प्रतिनिधिसभा बैठकमा संविधान निर्माणताका नेपालको भौगोलिक र आर्थिक अवस्थाअनुसार देशले संघीयता धान्न नसक्ने भनेर आफ्नो पार्टीले विरोध गरेको स्मरण गर्दै उनले भने, उनले भने,  ‘हामीले संविधानभित्रै रहेर आफ्नो मत राख्यौं, कसरी पाल्नुहुन्छ आठ ठाउँमा पार्लियामेन्ट? मन्त्रीमण्डल त्यो पनि दुई चार महिनामै बदलिरहने। त्यसैले संघीय नेपालले धान्न नसक्ने प्रणाली बनेको छ। अहिले सबैलाई यो घाँडो भएको छ।’

अहिले सत्तामा जान अहिले सांसदहरुकै खरिदबिक्री भइरहेको उनले जिकिर गरे। यस्तो अवस्थामा लोकतन्त्र र गणतन्त्रमा कालो बादल मडारिरहेको उनले बताए।

उनले मान्छे निर्यातबाट आएको रेमिट्यान्सले संघीयता धान्न नसक्ने बताए  नेपालको अर्थतन्त्र कमजोर बन्नुको कारण सही ठाउँमा लगानी गर्न नसक्नु रहेको उनले बताए। कृषि प्रधान देशमा मल कारखाना पनि खोल्न नसकेको बताउँदै उनले सरकारले आश्वासन बाँड्ने मात्रै काम गरिरहेको आरोप लगाए।

देशको खेतबारी बाँझो राखेर खाद्यान्न, तरकारी फलफूल विदेशबाट निर्यात गर्नुपर्ने अवस्था निम्तिनु विडम्बना भएको उनले बताए। 
 

प्रकाशित मिति: १४:१७ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्