Kathmandu Press

स्वास्थ्यमन्त्री बस्नेतद्वारा मन्त्रालय र विभिन्न विभागकाे आकस्मिक अनुगमन

सोमबार बिहान साढे नौ बजे मन्त्रालय पुग्नुभएका मन्त्री बस्नेतले आफ्नै मन्त्रालयमा समयमा कर्मचारी आए नआएको अनुगमन गर्नुभएको हो। सो क्रममा अधिकांश सचिवदेखि कर्मचारी समयमा नै कार्यालय नपुगेको पाइएको छ।
स्वास्थ्यमन्त्री बस्नेतद्वारा मन्त्रालय र विभिन्न विभागकाे आकस्मिक अनुगमन

काठमाडाैं, वैशाख १५ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय र विभिन्न विभागहरुमा आकस्मिक अनुगमन गरेका छ।

सोमबार बिहान साढे नौ बजे मन्त्रालय पुग्नुभएका मन्त्री बस्नेतले आफ्नै मन्त्रालयमा समयमा कर्मचारी आए नआएको अनुगमन गर्नुभएको हो। सो क्रममा अधिकांश सचिवदेखि कर्मचारी समयमा नै कार्यालय नपुगेको पाइएको छ।

समयमा नै कर्मचारी कार्यालय नपुगेपछि मन्त्री बस्नेतले फोन गरेर नै जानकारी लिएका थिए। मन्त्रालयभित्रै आकस्मिक अनुगमन गरेपछि उनी टेकुस्थित विभिन्न विभाग पुगेर आकस्मिक अनुगमन गरेका थिए।

विभिन्न विभागमा पनि समयमा नै कर्मचारी नपुगेको जानकारी पाएपछि मन्त्री बस्नेतले यस बिषयमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभएको थियो। मन्त्री बस्नेतले राम्रा कामको सुरुवात आफैबाट गर्नुपर्ने भन्दै मान्यताका साथ अघि बढेको भन्दै मातहतका कार्यालयमा पनि सुधारको काम गर्ने बताए।

उनले समयमा नै कार्यालय पुग्ने कतव्र्य राष्ट्रसेवक कर्मचारीहरुको भएकाले यस बिषयलाई कडाईका साथ लागू गर्ने धारणा राख्नुभयो। सर्ने र नसर्ने रोगको अवस्थामा टेकु अस्पतालको ल्याव र प्रशासनले गरेको कामको पनि आफुले जानकारी लिएको भन्दै मन्त्री बस्नेतले अस्पतालको पूर्वाधारलाई पूर्ण बनाउन आफुले पहल गर्ने जिकिर गरे।

उनले बिभिन्न महामारी फैलने बेला भएकाले रोगको प्रकृतिको अध्ययन भइरहेको अवस्थामा ठोस निष्कर्ष निस्कने गरि काम गर्नुपर्ने बताए। मन्त्री बस्नेतले समयमा नै आएर काम गर्न निर्देशन दिएको जानकारी दिए। 

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्