ढाकाकुमारको रिट न्यायाधीश श्रेष्ठको इजलासमा सुनुवाई हुँदै
रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुँदैछ। उक्त रिटमा सुनुवाईका लागि ‘ढ’ नम्बरमा पालोछ । सर्वोच्चमा सुनुवाईपछि श्रेष्ठविरुद्ध रास्वपा र संसद् सचिवालयको निर्णय रोक्ने वा नरोक्ने बिषयको टुंगो लाग्ने छ।
काठमाडौं, वैशाख २५ : मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो सार्वजनिक भएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाई हुँदैछ।
श्रेष्ठले आफुमाथिको कारवाही फिर्ता गरी सांसद पद कायम गर्न मागसहित सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा रास्ट्रिय स्वतन्त्र पार्टी र संसद् सचिवालयलाई विपक्षी बनाइएको छ।
रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुँदैछ। उक्त रिटमा सुनुवाईका लागि ‘ढ’ नम्बरमा पालोछ । सर्वोच्चमा सुनुवाईपछि श्रेष्ठविरुद्ध रास्वपा र संसद् सचिवालयको निर्णय रोक्ने वा नरोक्ने बिषयको टुंगो लाग्ने छ।
आफु पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री हुन लागेको र रास्वपा सभापति रवि लामिछानेको ‘कोर टिम’ लाई पैसा बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी दूर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि कारवाहीमा परेका थिए।
संसद् सचिवालयले हाल श्रेष्ठको पद रिक्त रहेको सूचना सार्वजनिक गरेको छ। रास्वपाले श्रेष्ठको स्थानमा एसिड पीडित विन्दाबासीनी कंसाकारको नाम सिफारिस गरेको छ।
रिटमा निर्वाचन आयोगलाई आफ्नो बिषयमा कुनै निर्णय नलिन समेत श्रेष्ठले माग गरेका छन्।











