अमरेशकुमार सिंहले संसदमै खाेले कोट, सट र गन्जी
संसदको आजबो बैठकमा आकस्मिक समय नभएको र नियमित कार्यक्रम सुरु गर्ने सभामुखले बताएपछि आक्रोशित बनेका सिंहले आफ्नो कोट, सट र गन्जी खोलेर त्यसको विरोध गरे।
काठमाडौं, वैशाख २५ : प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुखले बोल्न समय नदिएपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बैठकमा आफ्नो कपडा खोलेका छन्।
संसदको आजबो बैठकमा आकस्मिक समय नभएको र नियमित कार्यक्रम सुरु गर्ने सभामुखले बताएपछि आक्रोशित बनेका सिंहले आफ्नो कोट, सट र गन्जी खोलेर त्यसको विरोध गरे।
पछि सभामुखले संसदमा असभ्य व्यवहार नदेखाउन, संसदीय मर्यादा कायम गर्न र यस्तो व्यहवार देखाए बैठकबाट बाहिर निकाल्ने बताएपछि उनले कोट, सट र गन्जी लगाएका थिए। त्यसपछि बैठक सुरु भएको थियो।
शून्य समयको सुरुमै बोल्दै सांसद अच्युत मैनालीले संसदमा असभ्य क्रियाकलप देखिएएको सिंहको स्वास्थ्य जाँचजको माग गरे । उनले भने, ‘संसदमा जे गतिविधि देखा परेको छ, म माननीय ज्यूका स्वास्थ्य चाँजको माग गर्दछु।
प्रकाशित मिति: ११:४४ बजे, सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार