भैरहवाबाट काठमाडौं आउँदै गरेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो
करिब २० मिनेट आकाशमा उडेपछि जहाज फर्किएर भैरहवा विमानस्थलमै ल्याण्ड गरेको हो।1683521779.jpg)
काठमाडौं, वैशाख २५ः भैरहवाबाट काठमाडौंतर्फ उडेको श्री एयरलाइन्सको हवाइजहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । फ्लाइट नम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदै गर्दा भैरहवा नै फर्किएको हो ।
७२ सिट क्षमताको सो जहाज भैरहवाबाट बिहान ७ः५५ मा उड्नुपर्नेमा डिले भएर ९ः४० बजेमात्रै काठमाडौंतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि जहाज फर्किएर भैरहवा विमानस्थलमै ल्याण्ड गरेको स्रोतले बतायो ।
चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । तर, कस्तो समस्या हो भन्ने पत्ता लागिसकेको छैन । यात्रुहरू जहाजभित्रै छन् । जहाज हाल रनवेमै रहेकाले अरु उडान तथा अवतरण पनि प्रभावित भएको छ ।
प्रकाशित मिति: १०:४३ बजे, सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
