Kathmandu Press

संवैधानिक परिषद्‌को बैठक बस्दै

वैशाख ६ गते बसेको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीकै अडानका कारण विना निष्कर्ष सकिएको थियो। उक्त बैठकमा ओलीले पहिले संसदीय सुनुवाइ समिति गठन गरेर मात्रै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने अडान राखेका थिए। 
संवैधानिक परिषद्‌को बैठक बस्दै

काठमाडौं, वैशाख २५ : संवैधानिक परिषद्‌को बैठक आज बस्दै छ। बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने अपेक्षा गरिएको छ। परिषद्‌को बैठक यसअघि वैशाख ६ गते बसेको थियो। 

परिषद्‌मा बहुमत सदस्य रहेको नेकपा एमालेको सर्त र अडानका कारण प्रधानन्यायाधीशको नियुक्ति सिफारिस हुन सकेको छैन। वैशाख ६ गते बसेको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीकै अडानका कारण विना निष्कर्ष सकिएको थियो। उक्त बैठकमा ओलीले पहिले संसदीय सुनुवाइ समिति गठन गरेर मात्रै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने अडान राखेका थिए। 

प्रधानमन्त्री अध्यक्ष हुने परिषद्‌मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन्। हाल प्रमुख प्रतिपक्षी दल रहेको नेकपा एमालेबाटै सभामुख र राष्ट्रिय सभा अध्यक्ष पनि छन्। 

संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: ०८:२९ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्