Kathmandu Press

आजदेखि संसदमा प्रि–बजेटमाथी छलफल

अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । आजदेखि त्यसमै केन्द्रित रहेर छलफल हुन लागेको हो ।
आजदेखि संसदमा प्रि–बजेटमाथी छलफल

काठमाडौं, वैशाख २५ : संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । आजदेखि त्यसमै केन्द्रित रहेर छलफल हुन लागेको हो ।

संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल हुनेछ । २७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको सचिवालयले छ ।

प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ । 

प्रकाशित मिति: ०७:४३ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्