Kathmandu Press

प्रधानमन्त्री दहाल भन्छन्– दोषी कोही पनि बच्न सक्दैनन्, ओली भन्छन्– पक्राउ परेकाको बयान फेराउने काम नहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीले संसदमा यो विषयमा केही नबोले पनि बैठक सकिएपछि भने दुवै यो विषयमा बोले।
प्रधानमन्त्री दहाल भन्छन्– दोषी कोही पनि बच्न सक्दैनन्, ओली भन्छन्– पक्राउ परेकाको बयान फेराउने काम नहोस्

काठमाडाैं, वैशाख २४ : नेपाली नागरिकलाई भुटानी शरनार्थीलाई बनाएर अमेरिका पठाउने ठगी प्रकरण अहिले उत्कर्षमा छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाईप्रोफाइल’कै संग्नता पाइएपछि यो प्रकरणले चर्चा छ।

यही विषयलाई लिएर आइबार संसदमा पनि सत्तापक्ष र प्रतिक्षबीच घोचपेच चल्यो। दुवै पक्षका नेता संसदमा आक्रामक रुपमा प्रस्तुत भए।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीले संसदमा यो विषयमा केही नबोले पनि बैठक सकिएपछि भने दुवै यो विषयमा बोले।

संसद भवनबाट बाहिर निस्कँदै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि बच्न नसक्ने प्रक्रिया दिए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही बच्न नसक्ने र निर्दोष कोही पनि नपर्ने बताए।

प्रधानमन्त्री दाहालले संसदमा यस प्रकरणमा भएको बहसले सरकारको मनोबल बढाउने काम भएको जिकिर गरे। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कुनै दबाब दिएर केही नहुने स्पष्ट पारे।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कडाईका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई भनेको बताए।

प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने काम नगर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको ओलीले बताए। उनले एमाले नेता टोपबहादुर रायमाझी पार्टीको सम्पर्कमा नरहेको जिकिर गरे।

प्रकाशित मिति: २०:३८ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्