सचिव पाण्डेलाई ७ दिन हिरासतमा राख्न अनुमति
पाण्डेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।
काठमाडौं, वैशाख २४ : नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यलयका सचिव टेकनारायण पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले यसअघि पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। म्याद सकिएपछि प्रहरीले अनुसन्धान नसकिएपछि उनलाई हिरासतमा राख्न समय मागेको थियो।
पाण्डेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाइप्रोफाइल’ पक्राउ परेका छन्।
प्रकाशित मिति: १९:४८ बजे, आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











