Kathmandu Press

राजनीतिक व्यवस्था परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री शर्मा

आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विभिन्न राजनीतिक आन्दोलनमा जनतामा जागरण ल्याउन पत्रकारिताले एतिहासिक भूमिका निर्वाह गरेको बताइन्।
राजनीतिक व्यवस्था परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री शर्मा

काठमाडाैं, वैशाख २४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षामा नेपाली पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन्। 

आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विभिन्न राजनीतिक आन्दोलनमा जनतामा जागरण ल्याउन पत्रकारिताले एतिहासिक भूमिका निर्वाह गरेको बताइन्। 

'पञ्चायतकालको कालरात्रिमा जनतालाई जागरुक बनाउन नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको ऐतिहासिक भूमिका हामी युगयुगसम्म सम्झिरहने छौं,' उनले भनिन्।

राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुवै क्षेत्रको दायित्व भएको उनको भनाइ छ। उनले समाजका हरेक क्षेत्रमा नकारात्मकताको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई चिर्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुनुपर्ने उल्लेख गरिन्। 

'गलत क्रियाकलापको आलोचना स्वभाविकै भए पनि राम्रा कामलाई पनि नकारात्मक ढङ्ले पस्कने प्रवृत्तिको विकास हुन थालेको छ। यसलाई चिर्दै आमसञ्चारमाध्यमले विभिन्न क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई प्रस्तुत गर्नुपर्छ”, उनले भनिन्। 

उनले सञ्चार संस्थाको सवलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर भएको स्पष्ट पारिन्। आमसञ्चारमाध्यमलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ।

श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनसँगै पत्रकारको दक्षता अभिवृद्धिका लागि सङ्घ र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना लगायतका मुद्दा प्राथमिकतामा रहेको उनले जानकारी दिइन्। 

प्रकाशित मिति: १८:१७ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्