Kathmandu Press

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्छु : ओली

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सो घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र  अनुसन्धानमा पूर्णरुपले सहयोग पुर्‍याउने जानकारी गराएका थिए।
नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्छु : ओली

काठमाडाैं, वैशाख २४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। 

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सो घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र अनुसन्धानमा पूर्णरुपले सहयोग पुर्‍याउने जानकारी गराएका थिए।

उनले उक्त प्रकरणमा आफ्ना नेतामाथि लागेको आरोपको प्रमाण आफूसँग नभएको र त्यसलाई सम्बन्धीत निकायले अनुसन्धान गरिरहेकाले केहि भन्न नसकिने पनि बताए।

छानबिनका क्रममा कुनै पनि पूवाग्रह राख्न नहुने ओलीले बताए। उनले संसदमा शसक्त रुपमा भुमिका निर्वाह गर्न र हाजिर गरेर निस्कने काम बन्द गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिए।

त्यस्तै बैठकमा ओलीले आफुलाई भेट्न बोलाएपछि प्रधानमन्त्रीलाई भेट्न गएको स्पष्ट पार्नुभयो। बाहिर चर्चा चलेजस्तो कोहि नेतालाई जोगाउन आफूले प्रधानमन्त्रीलाई नभनेको ओलीले स्पष्ट पारेको सचिव योगेश भट्टराईले जानकारी दिए। भट्टराईले राजनीतिक आग्रहबाट मुक्त भएर घटनाको अनुसन्धान गर्नुपर्ने बताए।

बैठकले संसदको बर्खे अधिवेशनमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन, विषयवस्तुको राम्रोसँग अध्ययन गर्न, नियमित उपस्थित हुन र हरेक विधेयकदेखि आउने प्रस्तावमा गहन अध्ययन गर्न र ठोस् ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएको छ। 

प्रकाशित मिति: १७:५५ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्