Kathmandu Press

नक्कली शरणार्थी प्रकरणमा दोषी र दोषी लुकाउने सबैलाई पनि कारबाही हुनुपर्छ : सांसद खतिवडा

आइतबार सुरू भएकाे बजेट अधिवेशनम बोल्दै उनले सो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन र अनुसन्धान हुनुपर्ने माग गरे।
नक्कली शरणार्थी प्रकरणमा दोषी र दोषी लुकाउने सबैलाई पनि कारबाही हुनुपर्छ : सांसद खतिवडा

काठमाडौं, वैशाख २४ : कांग्रेस सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी र दोषी लुकाउने सबैलाई पनि कारबाही हुनुपर्नेमा जाेड दिएका छन्।

आइतबार सुरू भएकाे बजेट अधिवेशनम बोल्दै उनले सो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन र अनुसन्धान हुनुपर्ने माग गरे।

‘हामी चाहन्छौं कोही पनि दोषी छ भने कानुनबमोजिम कारबाही भोग्न तयार हुनुपर्छ, सरकारले त्यसका लागि पहल गरोस्,’ उनले भने, ‘मेरै नामसमेत मुछेर कुनैकुनै सञ्चारमाध्यमबाट समाचार आइरहेको थाहा पाएँ, छानबिन होस्। मैले गल्ती गरेको रहेछु भने मैले पनि कानुनबमोजिम कारबाही भोग्नुपर्छ। म राजनीति छोडेर कारबाही भोग्न तयार छु।'

उनले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नामसमेत मुछिएको भनेर आरोप लगाएको पाइएको भन्दै त्यसबारे गहिरो अनुसन्धान र छानबिन गर्न माग गरे।

‘नजिकका मान्छे पर्न थालेपछि कोही कोही प्रधानमन्त्रीकहाँ म्याउम्याउ गर्दै धाउनुपर्ने अवस्था किन आयो? उनीहरूलाई के कारबाही हुन्छ? स्पष्ट जवाफ चाहियो,’ उनले भने।

प्रकाशित मिति: १७:२२ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्