‘बजेट आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासनमा केन्द्रित’
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी बजेट आर्थिक वृद्धि, रोजगारीको अवसर बढाउने र सुशासन प्रवर्द्धन गर्नेतर्फ केन्द्रित हुने बताए।
काठमाडौं, वैशाख २४ : आगामी बजेट आर्थिक वृद्धि, रोजगारीको अवसर बढाउने र सुशासन प्रवर्द्धन गर्नेतर्फ केन्द्रित हुने भएको छ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी बजेट आर्थिक वृद्धि, रोजगारीको अवसर बढाउने र सुशासन प्रवर्द्धन गर्नेतर्फ केन्द्रित हुने बताए।
‘आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ परिलक्षित हुने जानकारी गराउँछु,’ उनले भने।
अर्थमन्त्री महतले प्रतिनिधिसभाको बजेट अधिवशेनको पहिलो दिन नै प्रि(बजेट छलफलको प्रस्ताव राखेका हुन् । संघीय संसद्का दुवै सदनमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सैद्धान्तिक छलफलको प्रस्ताव राखेका हुन् ।











