टोपबहादुर रायमाझीलाई कानुनी दायरामा ल्याउन सांसद सापकाेटाकाे चुनाैती
उनले बोल्नुअघि एमालेका सांसदहरूले नक्कली भुटानी शरणार्थी मात्रै नभएर अरु विषय पनि छानबिन गर्नुपर्नेमा जोड दिएका थिए।
काठमाडौं, वैशाख २४ : माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौं रकम ठगी गर्ने टोपबहादुर रायमाझीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।
आइतबारको प्रतिनिधसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने विषय उठेपछि त्यस्तो बताएका हुन्।
उनले बोल्नुअघि एमालेका सांसदहरूले नक्कली भुटानी शरणार्थी मात्रै नभएर अरु विषय पनि छानबिन गर्नुपर्नेमा जोड दिएका थिए।
‘प्रमुख प्रतिपक्षका साथीहरूले छापामार शैलीमा कुरा राख्नुभयो। प्रमुख प्रतिपक्ष साँच्चै भ्रष्टाचारीहरूलाई कारबाही गर्न इमानदार हो भने तपाईंहरू विषयान्तर नगर्नुस्।
प्रधानमन्त्रीले बोलेका कुराहरूलाई खिसिट्युरी नगर्नुस्, तपाईंहरू नै नांगिनुहुन्छ। इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर तपाईंहरूले कानुनको दायरामा बुझाउनुमा नै तपाईंहरूको कल्याण छ।’











