प्रधानमन्त्रीलाई पुरा फिल्म देखाउन एमालेको आग्रह
केही दिनअघि प्रधानमन्त्री दाहालले यो भ्रष्टाचारको ट्रेलर मात्र हो, पुरा फिल्म बाँकी नै भएको भन्दै दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै एमाले सांसदहरुले टिकट काटेर संसदमा आएको र पुरा फिल्म देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे।
काठमाडौं, वैशाख २४ : भ्रष्टाचार र अनियमितता छानविन गर्न एमाले सांसदहरुले माग गरेका छन्। आइतबारबाट सुरु भएको बजेट अधिवेशनमा बोल्दै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भ्रष्टाचार र अनियमितताको छानविन गर्न माग गरेका हुन्।
केही दिनअघि प्रधानमन्त्री दाहालले यो भ्रष्टाचारको ट्रेलर मात्र हो, पुरा फिल्म बाँकी नै भएको भन्दै दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै एमाले सांसदहरुले टिकट काटेर संसदमा आएको र पुरा फिल्म देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे।
‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं। बाइड बडीको छानबिन गरौं, बाँसबारी जग्गा घोटला काण्डको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको छानबिन गरौं,’ संसदमा एमाले प्रमुख पदम गिरीले भने ।
उनले राज्यको अरबौं रकम लुटिएका काण्ड तथा सिसिटिभी फेटज र बजेटमा विचौलिया छिराएको काण्डको पनि अघिवेशनमा छफलफल गर्न आग्रह गरे। ‘यस्ता काण्ठमा मुछिएका सबैलाई एक एक गरेर कारबाही गर्ने हिम्मत हामी गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि एमाले एकता बद्ध हुन्छ र हाम्रो साथ र सहयोग हुन्छ।
यस्तै, एमाले सांसद सूर्य थापाले आफू प्युठानी जनताको तर्फबाट टिकट काटेर आएको बताउँदै क्यान्टोन्मेन्टमा भएको अरबौं भ्रष्टाचारको फिल्म देखाउन आग्रह गरे।
‘हिजोमात्र प्रधानमन्त्रीज्यूले मलाई दबाब छ, म दबाब मान्दिनँ भनेको सुनेँ, दबाब को मार्फत हो ? सम्मानीयन प्रधानमन्त्रीज्यूलाई संसदमा बोल्न समय दिन आग्रह गर्नचाहन्छु,’ उनले भने, ‘क्यान्टोन्मेटम भएको भ्रष्टाचारको फिल्म हेर्न चाहन्छ, त्यसको व्यवस्था अबिलम्ब गरियो प्रधानमन्त्रीयू ।’
यस्तै, उनले गृहमन्त्री नारायाणकाजी श्रेष्ठलाई कमालसिंह लामा गठी प्रकरणको फिल्म हेर्न चाहेको पनि बताए। उनले भुटानी शरणार्थी काण्डमा छानविन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरे।












