Kathmandu Press

सांसद पद पुनर्बहालीको माग गर्दै ढाकाकुमार श्रेष्ठद्वारा सर्वोच्चमा रिट

उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि भोलि (सोमबार) लाई पेसी तोकिएको छ।
सांसद पद पुनर्बहालीको माग गर्दै ढाकाकुमार श्रेष्ठद्वारा सर्वोच्चमा रिट

काठमाडौं, वैशाख २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा आज (आइतबार) रिट दायर गरेका छन्।

उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि भोलि (सोमबार) लाई पेसी तोकिएको छ।

मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ कराेड सहयाेग मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठ रास्वपाबाट कारबाहीमा परेका थिए।

उक्त कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए।

प्रकाशित मिति: १६:३४ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्