Kathmandu Press

नक्कली शरणार्थी प्रकरणको छानबिन निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीलाई लिङ्देनकाे सुझाव

आइतबार पार्टी निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनलेको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेको भन्दै यसबाट पछि नहट्न र छानविनलाई निष्कर्षमै पुराउन प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्।
नक्कली शरणार्थी प्रकरणको छानबिन निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीलाई लिङ्देनकाे सुझाव

काठमाडाैं, वैशाख २४ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी प्रकरणको छानबिनलाई निष्कर्षमा नै पुराउने गरी अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ।

आइतबार पार्टी निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनलेको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेको भन्दै यसबाट पछि नहट्न र छानविनलाई निष्कर्षमै पुराउन प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्।

विगतका वाइडबडी काण्ड, ललितानिवास काण्ड, एनसेल काण्डजस्तै नक्कली शरणार्थी प्रकरणलाई पनि देखाउनका लागि मात्रै छानविन गर्न नहुने उहाले बताए। उनले नक्कली शरणार्थी प्रकरणको छानविनमा कुनै राजनीतिक स्वार्थ नभए यस बिषयमा प्रधानमन्त्रीलाई राप्रपाको समर्थन रहने स्पष्ट पारे। लिङ्देन अव वाइडबडी, एनसेल र ललिता निवासको फाइल पनि खोल्न सुझाव दिए।

त्यस्तै उहाले क्यान्टोनमेन्ट घोटाला काण्डको फाइल खोलेर आफु चोखो छु भनेर देखाउन पनि प्रधानमन्त्रीलाई सुझाव दिए। उनले यदि भ्रष्टचारको डंगुरमा बसेर शुद्धताको मन्त्र मात्रै उच्चारण गर्न खोजेको हो भने लामो समय नपत्याउने बताए। देशको अवस्था असमान्य अवस्थातर्फ गइरहदा पनि देशका नेता सत्ता केन्द्रीत राजनीतिमा व्यस्त भइरहेको उहाले बताए।

त्यस्तै लिङ्देनले मुलुकको नेतृत्व गर्न सक्ने विकल्पका रुपमा राप्रपालाई स्थापित गर्नुपर्ने भन्दै यसका लागि संगठन र संघर्षलाई संगसंगै अघि बढाउनुपर्ने धारणा राखे। 

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्