Kathmandu Press

ज्ञानेन्द्र शाहीलाई बोल्न नदिइएको भन्दै समर्थकद्वारा विरोध

आइतबार राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनले काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको एकताको प्रथम महाधिवेशन उद्घाटनमा शाहीलाई बोल्न नदिएको भन्दै समर्थकहरुले विरोध जनाएका हुन्।
ज्ञानेन्द्र शाहीलाई बोल्न नदिइएको भन्दै समर्थकद्वारा विरोध

काठमाडाैं, वैशाख २४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्न नदिएको भन्दै उनका समर्थकहरुले विरोध जनाएका छन्।

आइतबार राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनले काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको एकताको प्रथम महाधिवेशन उद्घाटनमा शाहीलाई बोल्न नदिएको भन्दै समर्थकहरुले विरोध जनाएका हुन्।

कार्यक्रममा दौरान शाहीलाई मञ्चमा बोल्न नबोलाएको भन्दै सहभागीहरुले होहल्ला सहित नारावाजी गरेका थिए। उनीहरुले आफुहरु ज्ञानेन्द्र शाहीको भाषण सुन्न आएको बताइरहेका थिए।

नाराबाजीपछि पनि शाहीले बोल्न नपाएपछि कार्यक्रमको अन्त्यसम्म पनि उनीहरु आक्रोशित भएका थिए। यता शाहीले पनि आफुलाई बोल्न नदिएको बताए। राप्रपालाई युवामा रुपान्तरण गर्नुपर्छ भन्दै आएको तर युवाहरुलाई नै निषेध गर्न खोजेको उहाले बताए। 

प्रकाशित मिति: १६:०१ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्