Kathmandu Press

बजेट अधिवेशन सुरु

राष्ट्रियसभाको १४औँ अधिवेशनको पहिलो बैठक पनि आजै सुरु भएको छ। संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम पारित गरेर आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बजेट ल्याउनेछ।
बजेट अधिवेशन सुरु

काठमाडौं, वैशाख २४ : प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा आज (आइतबार) अपराह्न ४ बजे बस्ने भनिएको बैठक केही ढिलाइ गरी सुरु भएको हो।

राष्ट्रियसभाको १४औँ अधिवेशनको पहिलो बैठक पनि आजै सुरु भएको छ। संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम पारित गरेर आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बजेट ल्याउनेछ। बजेट ल्याउने हुनाले यसलाइ बजेट अधिवेशन पनि भनिन्छ।

आइतबारको बैठकका लागि तय भएको कार्यसूचीअनुसार प्रतिनिधिसभा बैठकको सुरुआतमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पनि पढेर सुनाउनेछन्।

प्रकाशित मिति: १६:११ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्