Kathmandu Press

गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री

‘हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताबिना यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन।’
गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री

काठमडौं, वैशाख २४ : प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि भएको बताएका छन्।

आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दहालले लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता भएको बताएका हुन्।

‘हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताबिना यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन,’ प्रधानमन्त्री दहालले भने।

प्रधानमन्त्री दाहालले राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन हुँदै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म नेपाली पत्रकारिताले राजनीतिक आन्दोलनको मुख्य सहयोगीको रुपमा आफूलाई उभ्याएको बताए। उनले नेपाली पत्रकारिताका कारण नेपालको लोकतान्त्रिक आन्दोलनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे।

सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्णतः प्रतिवद्ध रहेको उनले बताए। उनले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नेसहित सञ्चार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक ढङगले पहल भइरहेको जानकारी समेत दिए।

प्रकाशित मिति: १५:३२ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्