महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौं : उपप्रधानमन्त्री श्रेष्ठ
‘महिलामाथि हुने हिंसाका दोषीलाई कारबाही गर्दै पीडितलाई न्याय दिन सरकारले कुनै कसर राख्दैन,’ उनले भने। महिलामाथि हुने हिंसा अन्त्य गर्न यस्ता गोष्ठिले आफूलाई थप हौसला पुगेको उनले उल्लेख गरे।
काठमाडौं, वैशाख २४ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताएका छन्।
गृह मन्त्रालयले आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा बोल्दै उनले महिला हिंसाका पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए।
‘महिलामाथि हुने हिंसाका दोषीलाई कारबाही गर्दै पीडितलाई न्याय दिन सरकारले कुनै कसर राख्दैन,’ उनले भने। महिलामाथि हुने हिंसा अन्त्य गर्न यस्ता गोष्ठिले आफूलाई थप हौसला पुगेको उनले उल्लेख गरे।
गृहमन्त्री श्रेष्ठले आफूले गृह मन्त्रालयमा पदभार ग्रहण गरेसँगै शान्ति सुरक्षा, अपराध नियन्त्रणसँगै महिला हिंसा अन्त्य र पीडकलाई कारबाहीको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै गल्ती गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउने बताए।