Kathmandu Press

नेपाली नागकिरता लिने १० भारतीय पक्राउ

उनीहरूले नक्कली कागजात पेश गरेर पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नागरिकता लिएको प्रहरीले जनाएको छ।
नेपाली नागकिरता लिने १० भारतीय पक्राउ

काठमाडौं, वैशाख २३ : नेपाली नागरिकता लिने १० भारतीय नागरिक पक्राउ परेका छन्। तीन महिना लामो अनुसन्धानपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको प्रहरीले जनाएको छ।

उनीहरूले नक्कली कागजात पेश गरेर पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नागरिकता लिएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगायत समेत बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए।

उनले अहिले १० जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइसकेको र शंकास्पद केहीमाथि अनुसन्धान जारी रहेको बताए।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने भरतप्रसाद गुप्ता, राहुल गुप्ता, ज्ञानमति देवी गुप्ता र गोपाल गुप्ता, बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने रामसुन्दर गुप्ता, गोंगबु बस्ने रामप्रवेश गुप्ता, कलंकी बस्ने भरत गुप्ता,स्नेहलता गुप्ता, मिनदेवी गुप्ता र राजेशकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १४:३९ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्