Kathmandu Press

नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिए।
नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

काठमाडौं, वैशाख २३ : नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिए।

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा आचार्य आजै मन्त्रीमा नियुक्त भएका हुन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवलाई जिम्मेवारी हेरफेर गरी खानेपानी मन्त्री तोकेका छन्।

प्रकाशित मिति: १४:०५ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्