Kathmandu Press

सिम्रिक एयरका हेलिकप्टर उडानमा रोक

सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेपछि अन्य एयरक्रफ्टहरुको चेकजाँच नभइन्जेलसम्मका उडानमा रोक लगाइएको हो।
सिम्रिक एयरका हेलिकप्टर उडानमा रोक

काठमाडौं, वैशाख २४ : सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाइएको छ। शुक्रबार संखुसाभसभाको भोटखोला गाउँपालिकमा हेलिकप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै उडानमा प्रतिबन्ध लगाएको हो।

सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेपछि अन्य एयरक्रफ्टहरुको चेकजाँच नभइन्जेलसम्मका उडानमा रोक लगाइएको हो।

प्राधिकरणले उडानका क्रममा सिम्रिकले हवाई सुरक्षा मापदण्ड पालना गरे–नगरेको विषयमा पनि छानविन सुरु गरेको छ।

प्रकाशित मिति: १३:२५ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्