नागरिकता विधेयकमा कानुनविद्सँग छलफल गर्दै राष्ट्रपति पाैडेल
विधेयकको कानुनी अवस्था बुझ्न राष्ट्रिपति पौडेलले संविधान र कानुनविद्सँग छलफल गर्न थालेका हुन्। कानुनविद्सँगको छलफलपछि विधेयकको कानुनी हैसियत के हुने भन्ने बिषयमा निर्णय आउने बताइएको छ।
काठमाडौं, वैशाख २४ : नागरिकतासम्बन्धी विधेयकमा राय सुझाव लिएर निश्कर्षमा पुग्न राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनका ज्ञातालाई राष्ट्रपति कार्यालयमा छलफलका लागि बोलाएका छन् । दिउँसो १ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा छलफल हुँदैछ।
शनिबार बसेको सत्ता गठबन्धनको बैठकले तत्कालीन राष्ट्रपति भण्डारीले रोकेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गर्ने निर्णय गरेको थियो। सोही अनुसार नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति पौडेलले संविधान र कानुनविदहरुसँग छलफल गर्न लागेका हुन्।
विधेयकको कानुनी अवस्था बुझ्न राष्ट्रिपति पौडेलले संविधान र कानुनविद्सँग छलफल गर्न थालेका हुन्। कानुनविद्सँगको छलफलपछि विधेयकको कानुनी हैसियत के हुने भन्ने बिषयमा निर्णय आउने बताइएको छ।
अघिल्लो संसदबाट पारित भइ प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई निवर्तमान राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी थिइनन्।