जसपाको केन्द्रीय समिति बैठक २७ गते बस्ने
पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको कार्यकारिणी सदस्य शिवलाल थापाले जानकारी दिए
काठमाडौं, वैशाख २४ : जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। जसपाले वैशाख २७ गते बिहान ११ बजे बस्ने गरी कार्यकारिणी समितिको बैठक बोलाएको हो।
पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको कार्यकारिणी सदस्य शिवलाल थापाले जानकारी दिए
यस्तै, जसपाले आफ्ना जनप्रतिनिधिको विवरण समावेश गरी पुस्तिका प्रकाशन गर्ने भएको छ। पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको बैठकले उक्त निर्णय गरेको हो।
प्रकाशित मिति: १२:२२ बजे, आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार