Kathmandu Press

कांग्रेसका सुरेन्द्र अचार्य बने मन्त्री, शपथ आजै

प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई मन्त्री नियुक्त गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन्।
कांग्रेसका सुरेन्द्र अचार्य बने मन्त्री, शपथ आजै

काठमाडौं, वैशाख २४ : नेपाली कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री बनेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई मन्त्री नियुक्त गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन्।

मन्त्री आचार्यले आजै दिउँसो साढे १२ बजे शीतल निवासमा शपथ लिने छन्। आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

उनी दाहाल नेतृत्वको सरकारमा कांग्रेसबाट मन्त्री आठौं व्यक्ति हुन्। यसअघि डा.प्रशारण महत, रमेश रिजाल, एनपी साउद, पूर्णबहादुर खड्का, सीता गुरुङ, डिकबहादुर लिम्बू, मोहन बस्नेत र धनराज गुरुङ मन्त्री बनेका छन्।

हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नेसपाका महिन्द्रराय यादवले सम्हाल्दै आएका थिए । अब यादवलार्य वन तथा वातावरण वा खानेपानी मध्ये एक मन्त्रालयको जिम्मा दिइने छ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।

प्रकाशित मिति: १०:०५ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्