इङ्ग्लिश फुटबल लिगको उपाधि भिडन्त म्यानचेस्टर सिटी र एस्टन भिल्लाबीच
काठमाडौं, माघ १६ : इङ्ग्लिश फुटबल लिग (ईएफएल) कपको उपाधिका लागि म्यान्चेस्टर सिटी र एस्टन भिल्लाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बुधबार राति....

काठमाडौं, माघ १६ : इङ्ग्लिश फुटबल लिग (ईएफएल) कपको उपाधिका लागि म्यान्चेस्टर सिटी र एस्टन भिल्लाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बुधबार राति भएको दोस्रो लेगमा म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै सिटीले एस्टन भिल्लासँगको भेट पक्का गरेको हो । युनाइटेडसँग एक–शून्यले पराजित भए पनि सिटी पहिलो लेगमा हात पारको जितका कारण फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।
पहिलो लेगमा सिटी तीन–एकले विजयी भएको थियो । समग्रमा सिटीले युनाइटेडमाथि तीन–दुईको जित हात पार्यो । म्यान्चेस्टर सिटीको मैदानमा भएको दोस्रो लेगमा नेमान्जा माटिचको पहिलो हाफको गोलले युनाइटेडले अग्रता बनायो तर त्यो गोल हार टार्न पर्याप्त भएन ।
माटिचले खेलको ३५औँ मिनेटमा गोल गरेका थिए । खेलको ७६औँ मिनेटमा माटिच दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसको फाइदा पनि सिटीले लिन सकेन ।











