संवैधानिक परिषद्को बैठक सोमबार बस्ने
शनिबार भएको प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमखु प्रतिपक्षी दलका नेता केपी ओलीबीचको सहमति अनुसार संवैधानिक परिषद्को बैठक सोमबार बस्ने भएको हो।
काठमाडौं, वैशाख २३ : संवैधानिक परिषद्को बैठक सोमबार बस्ने भएको छ।
शनिबार भएको प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमखु प्रतिपक्षी दलका नेता केपी ओलीबीचको सहमति अनुसार संवैधानिक परिषद्को बैठक सोमबार बस्ने भएको हो।
बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल हुनेछ । यसअघिको बैठकमा पनि प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्किएको थिएन।
संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था छ ।
प्रकाशित मिति: २०:५८ बजे, शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार