सत्ता गठबन्धन बैठक : बजेटको प्राथमिकताबारे छलफल, विश्वावसको लिनु नपर्ने निष्कर्ष
बैठकमा संसदको बजेट अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए।
काठमाडाैं, वैशाख २३ : शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा संसदको बजेट अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए।
संसद् बजेट अधिवेशन आइतबारबाट सुरु हुँदैछ। आइतबारबाट बैठकमा सरकार नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।
बैठकमा आइतबार बस्ने संसद्को बैठकलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भएको पनि उनले बताए। बताए । ‘भोलिबाट संघीय संसदको बैठक चल्दैछ, त्यसलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भयो,’ उनले भने, ‘भोलिको बैठकमा नै सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने विषय छ, त्यसका बारेमा गठबन्धनको बैठक बसेको हो ।’
गठबन्धन बैठकले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि विश्वासको मत लिनुपर्ने निष्कर्ष बैठकले निकालेको माओवादी प्रमुख सचेक पाण्डेले बताए।
उनले भने, ‘अहिले विश्वासको मत लिनुपर्ने किसिमको संवैधानिक व्यवस्था छैन। त्यस्तो आवश्यकता परेको छैन ।’
यस्तै, बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको पाण्डेले जानकारी दिए।











