Kathmandu Press

स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी हुन्छ : मन्त्री बस्नेत

उनले स्वास्थ्य बिमा रकम केही घटेको भन्दै आगामी बजेटमा यसलाई बढाउन पहल गर्ने बताए।
स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी हुन्छ : मन्त्री बस्नेत

काठमाडाैं, वैशाख २३ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका छन्।

काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले शनिबार सिन्धुपाल्चोकको सुनकोसीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले नागरिकको उपचारको व्यवस्था गर्ने दायित्व सरकारको भएको भन्दै स्वास्थ बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका हुन्। उनले स्वास्थ्य बिमा रकम केही घटेको भन्दै आगामी बजेटमा यसलाई बढाउन पहल गर्ने बताए।

मन्त्री बस्नेतले देशभरका अस्पताको अवस्थाका बारेमा अध्ययन गर्दै उचित पूर्वाधार निर्माण गर्न ध्यान केन्द्रीत गर्ने जिकिर गरे। उनले यसै बर्षदेखि मुलुकमा मल स्थापना गर्न पनि आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने बताए। मन्त्री बस्नेतले सबै मिलेर देशमा लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए।

कांग्रेस नेता समेत रहनुभएका बस्नेतले कांग्रेसलाई एक ढिक्का बनाएर मुलुकमा देखिएका चूनौति सामना गर्न तयार हुनुपर्ने धारणा राखे। 

प्रकाशित मिति: १८:१५ बजे, शनिबार, वैशाख २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्