सत्ता घटकका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चाहनामा यो बैठक बस्न लागेको हो।
काठमाडाैं, वैशाख २३ : सत्ता घटकका शीर्ष नेताहरुबीच बैठक बस्ने तय भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरमा बैठक बस्ने तयारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चाहनामा यो बैठक बस्न लागेको हो।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
सत्ता साझेदार दलका शिर्ष नेतासहित दोस्रो तहका नेता पनि छलफलमा सामेल हुँदैछन्। बैठकका लागि शीर्ष नेताहरु बालुवाटार पुग्ने क्रम जारी छ।
प्रकाशित मिति: १६:५९ बजे, शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











