Kathmandu Press

कोभिड १९ बाट ७६ जना सङ्क्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो।
कोभिड १९ बाट ७६ जना सङ्क्रमित

काठमाडाैं, वैशाख २३ : पछिल्लो २४ घन्टामा ७६ जना कोभिड १९ बाट सङ्क्रमित भएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ रहेको छ। संस्थागत आइसोलेसनमा २४ र  सघन उपचार कक्षमा १२ जना रहेका छन्। 

यस्तै, मन्त्रालयले खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकाका लागि आइतबार नियमित खोप दिइने जानकारी दिएको छ।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १६:४१ बजे, शनिबार, वैशाख २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्