Kathmandu Press

भ्रष्टाचार नियन्त्रणबारे प्रधानमन्त्रीले भने- यो त ट्रेलर मात्र हो, फिल्म बाँकी नै छ  

शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको छैटौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्ने कामको अहिले सुरुवात मात्रै भएको भन्दै ठुलाठुला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठुलो घेराबन्दी र दबाबको सामना गर्ने बताएका हुन्।
भ्रष्टाचार नियन्त्रणबारे प्रधानमन्त्रीले भने- यो त ट्रेलर मात्र हो, फिल्म बाँकी नै छ  

काठमाडाैं, वैशाख २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठुलाठुला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठुलो घेराबन्दी र दबाबको सामना गर्ने बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको छैटौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्ने कामको अहिले सुरुवात मात्रै भएको भन्दै ठुलाठुला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठुलो घेराबन्दी र दबाबको सामना गर्ने बताएका हुन्।

उनले भ्रष्टाचारीको फाइल खोल्ने कामबाट आफू कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारे। उनले त्यसबारे भने, ‘यो त ट्रेलर मात्र हो, सिंगै फिल्म हेर्न बाँकी छ। अब सिंगै सफल्म देखिनेवाला छ।  

प्रधानमन्त्री प्रचण्डले यसअघि सरकारमा बसेकाहरु र भूटानी शरणार्थीहरुका रुपमा नेपालीहरुलाई बेच्नेले नै आफू र माओवादीप्रति निरन्तर प्रहार गरेको जिकिर गरे।

उनले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकतामा रहेको रहेको भन्दै सुशासन कायम गर्ने चुनौती निकै ठूलो रहेको धारणा राखे।

लामो समय देखिएको गलत कार्यशैली र संस्थागत भ्रष्टाचार कारण मुलुकमा आर्थिक समस्या आएको भन्दै यसको समाधानका लागि सुशासन कायम गर्नै पर्ने उनले बताए। प्रचण्डले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि र परिवर्तन उल्टाउने कसरत अहिले पनि भइरहेको उल्लेख गरे।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले भूमि अधिकार दलितहरुको अधिकारसंग जोडिएको विषय भएकाले समय तोकेर नै केही समयभित्रै समधान गर्ने प्रयास गर्ने पनि बताए।

माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले माओवादी क्रान्ति परै जितेर नभई सम्झौता र सहमति गरेर सरकारमा आएकाले विशेषाधिकारको लडाइँ जारी रहेको र संविधान संशोधन गरेर दलित लगायतपछि परेकाहरुको अधिकार स्थापित गर्न आफू लागि परेको बताए।

प्रचण्डले अहिले माओवादीलाई ३२ सिटे भनेर व्यङ्ग्य गर्ने गरेको भन्दै अर्को निर्वाचनमा बहुमत ल्याएर नेपाललाई कब्जा गर्ने उल्लेख गरे। 

प्रकाशित मिति: १६:०२ बजे, शनिबार, वैशाख २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्