Kathmandu Press

दाहाल-ओलीबीच नक्कली भुटानी शरणार्थीबारे छलफल

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोहीले पनि उन्मुक्ति नपाउने भन्दै प्रचण्डले प्रक्रिया, पद्धति र ऐनअनुसार कारबाही अघि बढ्ने स्पष्ट पारे। ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई एमालेले बचाउन लागेको भन्दै केही एमाले विरोधी व्यक्तिहरूले हल्ला चलाएको जिकिर गरे।
दाहाल-ओलीबीच नक्कली भुटानी शरणार्थीबारे छलफल

काठमाडाैं, वैशाख २३ : नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा चासो राखेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोहीले पनि उन्मुक्ति नपाउने भन्दै प्रचण्डले प्रक्रिया, पद्धति र ऐनअनुसार कारबाही अघि बढ्ने स्पष्ट पारे। यसअघिको भेटमा पनि त्यसबारे ओलीले चासो राखेको र शनिबारको भेटमा पनि त्यही विषयमा कुराकानी भएको भन्दै प्रचण्डले आफू कुनै दबाबमा नपर्ने स्पष्ट पारे।

त्यस्तै एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई एमालेले बचाउन लागेको भन्दै केही एमाले विरोधी व्यक्तिहरूले हल्ला चलाएको जिकिर गरे।

प्रचण्ड र ओलीबीच यसअघि बिहीबार पनि भेटवार्ता भएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएको तीन दिन हुँदा पनि उनी प्रक्राउ परेका छैनन्।

रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउलाई गरि प्रहरीले अनुसन्धान गरिररहेको छ।

 

 

प्रकाशित मिति: १४:३४ बजे, शनिबार, वैशाख २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्