Kathmandu Press

इलाममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

मृत्यु हुनेमा १८ देखि २० वर्ष उमेर समूहका भारतको बिहार बस्ने किसानगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम छन्।
इलाममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

इलाम, वैशाख २३ : इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ। स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा १८ देखि २० वर्ष उमेर समूहका भारतको बिहार बस्ने किसानगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम छन्।

प्रहरीका अनुसार फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो।

प्रकाशित मिति: ०७:५९ बजे, शनिबार, वैशाख २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्