Kathmandu Press

उपनिर्वाचनको म्यान्डेटअनुसार नै प्रतिपक्षमा बस्ने निर्णय लियौं : लामिछाने

उनले अहिले प्रतिपक्षमा बस्ने र देशभर संगठन विस्तारमा ध्यान दिने बताए । सरकार गिराउने र बनाउने खेलमा नलाग्ने भन्दै उनले रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ आफूहरुले देखाउने पनि बताए ।
उपनिर्वाचनको म्यान्डेटअनुसार नै प्रतिपक्षमा बस्ने निर्णय लियौं : लामिछाने

काठमाडौं, वैशाख २२ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको म्यान्डेट अनुसार नै आफुहरुले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताएका छन्।

शुक्रबार बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकपछि सभापति लामिछानेले उपविर्नाचनको म्यान्डेट र शुभचिन्तकको चाहनाअनुसार प्रतिपक्षमा बस्ने र समर्थन फिर्ता लिने निर्णय गरेको बताए।

उनले अहिले प्रतिपक्षमा बस्ने र देशभर संगठन विस्तारमा ध्यान दिने बताए । सरकार गिराउने र बनाउने खेलमा नलाग्ने भन्दै उनले रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ आफूहरुले देखाउने पनि बताए ।

‘हामी सरकार बनाउने खेल र गिराउने खेलमा लाग्दैनौं, देशलाईअस्थिरतातर्फ लाग्दैनौं। रचनात्मक प्रतिपक्ष हुँदा समाज र राष्ट्रको मुद्दा कस्तो हुन्छ हामी देखाउने छौं,’ उनले भने।

सभापति लामिछानेले उपनिर्वाचनपछि आफूले नभई प्रधानमन्त्रीको चाहनाअनुसार सरकारमा सहभागी हुने विषयमा छलफल गरेको बताए ।

प्रकाशित मिति: २०:५९ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्