Kathmandu Press

स्वर्गीय डा. लोहनीको ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण

छोराको पुस्तकको लोकार्पण गर्दै बुबा घनराज लोहनीले २०७८ सालको दसैंमा पुस्तक आफैंले प्रकाशन गरी हामीलाई उपहार दिने सुवासको योजना थियो, उनको योजना सफल बनाउन पुस्तक प्रकाशन गरिएको बताए ।
स्वर्गीय डा. लोहनीको ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण

काठमाडौं, वैशाख २२ : स्वार्गीय डा. सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ।

शुक्रबार कुञ्ज थिएटरमा आयोजित एक कार्यक्रमबीच स्वर्गीय न्यूरोसर्जन डा. लोहनीद्वारा लिखित पुस्तक आमा सुभद्रा लोहनी र बुबा घनराज लोहनीले लोकार्पण गरे।

Hardik ivf

छोराको पुस्तकको लोकार्पण गर्दै बुबा घनराज लोहनीले २०७८ सालको दसैंमा पुस्तक आफैंले प्रकाशन गरी हामीलाई उपहार दिने सुवासको योजना थियो, उनको योजना सफल बनाउन पुस्तक प्रकाशन गरिएको बताए ।

‘सोमहोममा आध्यात्मिक पक्षको सटिक विश्लेषण गरिएको छ । जीवन वृक्षमा योगसाधना, चेतना र मानव अस्तित्व एवम् विश्व बन्धुत्वको भावना सचित्र वर्णन गरिएको छ,’ उनले दुई पुस्तक सोमहोम र जीवन वृक्षबारे प्रकाश पार्दै भने।

लोहनीद्वारा लिखित ‘सोमहोम’ उपन्याश विधामा आधारित सिर्जना हो जसमा प्रेम, अध्यात्म र विद्रोहको चेत भरिएको छ भने ‘जीवन वृक्ष’मा जीव जगत र चैतन्य जगतको समन्वयात्मक दर्शन सचित्र प्रस्तुत गरिएको छ । दुवै पुस्तकमा भौतिक विज्ञान र अध्यात्म जगतको सुक्ष्म दृष्टिकोण पाउन सकिन्छ ।

लोकार्पण कार्यक्रममा पुस्तकबारे डा. हरिप्रसाद पोखरेलले आध्यात्मिक र आधुनिक विज्ञानबीचको सेतु बन्न डा लोहनीको पुस्तकले सृजनात्मक भूमिका खेल्ने बताए। उजले भने, ‘डा. लोहनीले आध्यात्मलाई पृथक शैलीमा विश्लेषण गर्न खोज्नुभएको छ। उहाँका विचारलाई हामीले उत्खनन गर्न आवश्यक छ।’

डा. जगमान गुरुङले शुभकामना सन्देशमा जीवन वृक्ष पुस्तक दर्शन र कलाको अनुपम संयोजन भएको बताएका छन्। कार्यक्रममा डा सुवासका सहपाठी, शिक्षक, सहकर्मी, सुभचिन्तक र परिवारले पुस्तकबारे समीक्षा र टिप्पणी गरेका थिए।

बुवा घनराज लोहनीले पुस्तकबाट आर्जित रकम डा. सुवास लोहनीको स्मृतिमा ललितपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘चम्कीला तारा’ नामक पुरस्कारको रुपमा प्रदान गरिने बताए। डा. लोहनीको स्मृतिमा उनको कृतिको प्रचारप्रसारसँगै अनाथलयमा आर्थिक सहयोग गर्ने लोहनी परिवारको भनाइ छ।

प्रकाशित मिति: २०:१९ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्