Kathmandu Press

कांग्रेसले भ्रातृ संगठन र विभागलाई केन्द्रिय समितिबाट पूर्णता दिने

भ्रातृ संगठन र पार्टीका विभागहरूलाई पूर्णता दिनका लागि सूची तयार भइरहेको र आवश्यक सुझाव लिइने उनले बताएश्र महतले भातृसंगठनहरूको आकार केही बढ्न सक्ने उल्लेख गरे।
कांग्रेसले भ्रातृ संगठन र विभागलाई केन्द्रिय समितिबाट पूर्णता दिने

काठमाडौं, वैशाख २२ : नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरुलाई केन्द्रीय कार्यसमिति बैठकमार्फत पूर्णता दिने भएको छ।

सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा शुक्रबार बसेको पदाधिकारी बैठकले भ्रातृ संगठन र पार्टीका विभागलाई पूर्णता दिनका लागि आन्तरिक गृहकार्य गर्ने र त्यसलाई वैशाख २८–२९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट पूर्णता दिने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

भ्रातृ संगठन र पार्टीका विभागहरूलाई पूर्णता दिनका लागि सूची तयार भइरहेको र आवश्यक सुझाव लिइने उनले बताएश्र महतले भातृसंगठनहरूको आकार केही बढ्न सक्ने उल्लेख गरे।

प्रकाशित मिति: १९:३७ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्