Kathmandu Press

गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्यले संरक्षण गर्दैन : अर्थमन्त्री महत

‘राज्य संयन्त्रले कुनै पनि गैरकानुनी क्रियाकलापलाई कहींकतै पनि संरक्षण गर्न सक्दैन। गलत काम गर्ने कानुनी कठघरामा ल्याउनुपर्छ।’
गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्यले संरक्षण गर्दैन : अर्थमन्त्री महत

काठमाडाैं, वैशाख २२ : अर्थमन्त्री डा.प्रकाशरण महतले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्यले संरक्षण नगर्ने बताएका छन्। कांग्रेस प्रवक्तासमेत रहेका महतले पार्टीको पदाधिकारी बैठकपछि पत्रकारको जिज्ञासामा  राज्यले अपराध गर्नेलाई संरक्षण नगर्ने बताएका हुन्।

महतले नक्कली शरणार्थी प्रकरणमा भएको ठगी जघन्य अपराध भएको भन्दै दोषी सबै सजायको दायरामा आउने विश्वास व्यक्त गरे। उनले भने, ‘राज्य संयन्त्रले कुनै पनि गैरकानुनी क्रियाकलापलाई कहींकतै पनि संरक्षण गर्न सक्दैन। गलत काम गर्ने कानुनी कठघरामा ल्याउनुपर्छ।’

उनले नक्कली शरणार्थी प्रकरण अनुसन्धानको क्रममै रहेको बताउँदै न्याय निरुपण हुने विश्वास व्यक्त गरे। उनले जो–जो यो प्रकरणमा सहभागी छन् उनीहरु सजायको दायरामा आउनुपर्ने बताए।

प्रकाशित मिति: १९:१७ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्