Kathmandu Press

घुस रकमसहित सई विष्ट अख्तियारको नियन्त्रणमा 

घुस रिसवत बुझेको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विष्टलाई काठमाडौंको नयाँबानेश्वरबाट शुक्रवार दिउँसो पक्राउ गरेको हो।
घुस रकमसहित सई विष्ट अख्तियारको नियन्त्रणमा 

काठमाडौं, वैशाख २२ : नेपाल प्रहरीका नायव निरीक्षक (सई) विनोद विष्ट ५० हजार नगद तथा डेढ लाख रुपैयाँको चेकसहित पक्राउ परेका छन्।

घुस रिसवत बुझेको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विष्टलाई काठमाडौंको नयाँबानेश्वरबाट शुक्रवार दिउँसो पक्राउ गरेको हो।

विष्ट जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत थिए। नगद र चेकसहित पक्राउ परेका विष्ट घुस रकम बुझ्नकै लागि महोत्तरीबाट काठमाडौं आएको सूचना पाएपछि अख्तियारले गोप्य टोली खटाएर निगरानीमा राखेको थियो। पक्राउ विष्टलाई अख्तियार हिरासतमा राखिएको छ।

छानबिनका लागि थुना अनुमतीका लागि आइतवार विशेष अदालतमा उपस्थित गराइने भएको छ। 
 
प्रकाशित मिति: १७:०८ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्