Kathmandu Press

अब कक्षा १२ मा जति विषयमा लागे पनि ग्रेडवृद्धि परीक्षा दिन पाइने

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको हो। संशोधित व्यवस्थाअनुसार जति वटा विषयमा एनजी आएको छ, ती विषयमा मात्र विद्यार्थीले परीक्षा दिए हुन्छ।
अब कक्षा १२ मा जति विषयमा लागे पनि ग्रेडवृद्धि परीक्षा दिन पाइने

काठमाडौं, वैशाख २२ : कक्षा १२ का विद्यार्थीले जतिवटा विषयमा एनजी (नन ग्रेडेड) आए पनि ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका  छन्।

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको हो। संशोधित व्यवस्थाअनुसार जति वटा विषयमा एनजी आएको छ, ती विषयमा मात्र विद्यार्थीले परीक्षा दिए हुन्छ।

यसअघि दुई वा दुई भन्दा कम विषयमा एनजी आउँदा मात्र ती विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने अन्यथा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो।  बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले निर्देशिका संशोधन गरेको हो।

विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यसभन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा तीन वर्षसम्म परीक्षा दिने पाउने निर्णय गरेको हो।

कतिपय विद्यार्थीले सबै विषयको परीक्षा दिन झन्झट मानेर पढाइ नै छाड्ने गरेले कक्षा १२ पछिको ड्रप आउट रोक्न यो निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डको 
 भनाइ छ। पहिला नै पास गरिसकेको विषयमा फेरि पढेर परीक्षा दिनुपर्दा विद्यार्थीमा नैराश्यता छाउने र जुन विषयमा लागेको छ त्यहि विषयमा परीक्षा दिन पाउँदा विद्यार्थीमा सकारात्मक उत्प्रेरणा मिल्ने बताइएको छ।

यो संशोधित निर्देशिका गत वर्षको विद्यार्थीहरुमा समेत लागू हुने भएपछि दुई भन्दा बढी विषयमा एनजी ल्याएका ५८ हजार विद्यार्थी लाभान्वित हुने भएका छन्। बोर्डले वैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तालिका प्रकाशन गरेर तयारी अखन्तिम चरणमा पुर्‍याएको छ।

प्रकाशित मिति: १६:५७ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्