Kathmandu Press

निर्वाचनबारे समीक्षा जरुरी : नेता कोइराला

आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए।
निर्वाचनबारे समीक्षा जरुरी : नेता कोइराला

काठमाडाैं, वैशाख २२ : नेपाली कांग्रेसका नेता प्रा.डा. शशांक कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन्।

आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए। 

उनले भने, 'हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ।' पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। 

उनले थपे, 'अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ।' उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उनको अनुमान छ।

अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको बताए।

प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्