Kathmandu Press

संखुवासभा हेलिकप्टर दुर्घटना : घाइतेमध्ये एकको मृत्यु

दुर्घटनामा घाइते भवीन्द्र गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। उपचारका लागि काठमाडौं ल्याउने क्रममा गुरुङको हेलिकोप्टरमै मृत्यु भएको थियो।
संखुवासभा हेलिकप्टर दुर्घटना : घाइतेमध्ये एकको मृत्यु

काठमाडौं, वैशाख २२ : संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भवीन्द्र गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। उपचारका लागि काठमाडौं ल्याउने क्रममा गुरुङको हेलिकोप्टरमै मृत्यु भएको हाे।

हेलिकप्टरमा क्याप्टेन सुरेन्द्र पौडेलसहित पाँचजना सवार थिए। हेलिकोप्टर अपर अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर निर्माणस्थल जानेक्रममा दुर्घटनामा परेको थियो। 

दुर्घटनामा क्याप्टेन पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भवीन्द्र अरुण जलविद्युत् आयोजनाका कर्मचारी थिए। हेलिकप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन पौडेलसहित पाँचैजनालाई उपचारका लागि काठमाडौैं ल्याइँदै गर्दा भवीन्द्रकाे मृत्यु भएकाे हाे।

प्रकाशित मिति: १६:१२ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्