Kathmandu Press

कोसी नामकरणकाे विराेधमा सडकमै उभाैली

१ नम्बर प्रदेशको नामकरण कोशी भएसंगै सडक आन्दोलनमा रहेका जातीय पहिचान पक्षधरले यसपटक सडकमा नै उभौली मनाएका हुन्।
कोसी नामकरणकाे विराेधमा सडकमै उभाैली

काठमाडाैं, वैशाख २२ : कोशी प्रदेश नामकरणको विरोध स्वरुप काठमाडौंमा बसोबास गर्दै आइरहेका किरात समूदायले सडकमा नै उभौली पर्व मनाएका छन्।

१ नम्बर प्रदेशको नामकरण कोशी भएसंगै सडक आन्दोलनमा रहेका जातीय पहिचान पक्षधरले यसपटक सडकमा नै उभौली मनाएका हुन्।

कोशी प्रदेशको खारेजीको माग राख्दै सांकेतिक रुपमा विरोभ गर्न सडकमा नै उभौली पर्व मनाइएको उनीहरुको भनाइ छ।

कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने भन्दै माग पुरा नभए मुलुकभर नै पहिचान पक्षधरले आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।

किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात सुनुवार समाज र किरात याक्खा छुम्माले संयुक्त रूपमा परम्परागत कला संस्कृति र पहिरनसहित काठमाडौंको माइतिघर देखि नयाँ बानेश्वरसम्म सडकमा नै नाँचगान गरेका थिए। 

प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्