संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
अरुण तेस्रोको सामान ढुवानी गरिरहेकाे उक्त हेलिकप्टर भोटखोला गाउँपालिकामा दुर्घटनामा परेको हाे।
काठमाडौं, वैशाख २२ : संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।
अरुण तेस्रोको सामान ढुवानी गरिरहेकाे उक्त हेलिकप्टर शुक्रबार दिउँसो भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा दुर्घटनामा परेको हाे।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाइएकाे छ।
नागरिक उड्डयन प्राधिकरणले अरुण जलविद्युत् आयोजनाको सामान ढुवानी गर्न हेलिकप्टर बिहीबार नै त्यता गएको जनाएकाे छ।
हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











